
२४ जेष्ठ, २०८२ काठमाडौ\ बालगायीका परिधी खतिवडाको गीत ‘घरकी फूलबारी’ को म्युजीक भिडीयो सार्वजनिक भएको छ । काठमाडौको बानेश्वर स्थित प्रज्ञाकुञ्ज वोर्डीङ् स्कुलमा कक्षा ४ मा अध्ययन परिधीको आवाज रहेको गीतलाई उनकै बुवा प्रमोद खतिवडाले लेखेका हुन् ।
पेशाले ईन्जिनियर खतिवडाका शव्दमा यस अघि समेत गीत रेकर्ड भई सकेका छन् । प्रमोद र सुमित्रा खतिवडाकी छोरी परिधी अध्ययनसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत रुची राख्छिन् । यस अघि उनी लिटिल स्टार नेपाल नामको प्रतिभा प्रस्तुतीको प्रतियोगीतामा ‘मस्ट पपुलर कन्टेसटेन्ट’ को उपाधी जित्न सफल भएकी थिईन् ।
परिधीको आवाज रहेको गीतमा संगीत सविन लिम्बूले भरेका हुन् भने एरेन्ज पनि उनैले गरेका छन् । गुरुभाइ फकीरको अवधारणा निर्देशन रहेको गीतको म्युजीक भिडीयो परिधी अध्ययन्रत विद्यालयका साथै काठमाडौ नजिकैका मनोरम स्थलहरुमा छायाङ्कन गरिएको छ ।
भिडीयो परिधी खतिवडा (Paridhi Khatiwada) युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
युट्युव च्यानल Gharki Phulbari | Paridhi Khatiwada | Pramod Khatiwada | Sabin Limbu | Baal Geet - YouTube