‘नागरिक बचाउ अभियान’को देशभक्ति देउसी गीत सार्वजनिक
देशभक्तिपूर्ण भावना झल्काउने देउसी गीत सार्वजनिक गरिएको छ।*‘नागरिक बचाउ अभियान’ को प्रस्तुति रहेको यो गीतले देशभक्ति र सामाजिक एकताको सन्देश दिन खोजेको छ।
गीतमा राष्ट्रिय भावना, बलिदान र देशप्रेमको महिमा उजागर गरिएको छ। तिहार पर्वको अवसर पारेर सार्वजनिक गरिएको यस देउसी गीतमार्फत नेपालीपन र एकताको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताइएको छ।
गीतको भिडियोमा युवापुस्ताको जोश, संस्कृतिप्रतिको प्रेम र देशप्रतिको समर्पण झल्काइएको छ। निर्माण पक्षका अनुसार गीतले मनोरञ्जनसँगै समाजमा सकारात्मक ऊर्जा फैलाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ १५:१८
प्रतिक्रिया दिनुहोस्


