
काठमार्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज झापा पुगेका छन् । पार्र्टी निकट विभिन्न पाँच वटा जातीय मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटनका लागि उनी दमक पुगेका हुन् । झापामा आयोजित विभिन्न जातीय मोर्चाहरूको राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएर प्रचण्डले समावेशीता, पहिचान र समानताको मुद्दालाई नभुलेकोे सन्देश दिन खोजेका छन् ।
विभिन्न जातीवादी संघ संगठनले कोशी प्रदेशको नाममा विरोध जनाइरहेका बेला माओवादीले जातीय मोर्चालाई ब्यूझाएर आगामी निर्वाचनमा उनीहरुको मत तान्ने रणनीति बनाएको बुझ्न कठिन छैन । प्रदेश १ को नामाकरणमा माओवादी केन्द्रबाट भएको गल्ती स्वीकार्दै, त्यसलाई सच्याउने प्रतिबद्धता जनाउनुले प्रचण्ड फेरि जातीय पहिचानको कार्ड खेल्न खोजिरहेका छन् ।
अर्कोतर्फ, प्रचण्डको यो दौडाहा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमै कार्यक्रम उद्घाटन गर्नु राजनीतिक दृष्टिले पनि निकै अर्थपूर्ण मानिएको छ । यसले प्रतिपक्षी दलको हैसियतमा माओवादी केन्द्र अझ सक्रिय बन्दै गएको प्रचण्डले देखाउन खोजिरहेका छन् ।
त्यस्तै बेला बखत झापा पुगेर प्रचण्डले पार्टी प्रवेश कार्यक्रम, राजनीतिक प्रशिक्षण, र जनसंवादको कार्यक्रम पनि गर्दै आएका छन् । यस्ता कार्यक्रममार्फत सत्तारुढ दलहरुप्रति बढेको आलोचनालाई देखाएर माओवादीको जनआधार बलियो बनाउने अवसरका रुपमा उपयोग गर्ने उनको अर्को रणनीति पनि हो ।
संक्षेपमा भन्नुपर्दा, यो दौडाहा पहिचानको राजनीति, पार्टी सुदृढीकरण र सत्ता समीकरणप्रतिको प्रतिक्रियाका रुपमा पनि अथ्र्याउन सकिन्छ । गृहमन्त्रीको रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणबाट पछि हटेर सत्तासँग दुई बुँदे सहमति गरेका प्रचण्डले स्वार्थका लागि जे पनि गर्न सक्छन् भन्ने आरोपलाई फेरि पुष्टि गरिदिएका छन् । उनको यही दोहोरो चरित्रका कारण जातीय मुद्दा बिसर्जन गराएका प्रचण्ड फेरि त्यही नारा बोकेर पार्टीलाई रिसाइज गर्ने योजनामा देखिन्छन् ।