सुरक्षा व्यवस्थामा कडाई
                                                
                    
                
                            
                                त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाई 
                        
                        
                                                
                                             
                                                                    काठमाडौं।  पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्कने भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाई पारिएको छ।  टिकट भएका यात्रु र विमानस्थलका स्टाफ बाहेक अरुलाई प्रवेश निषेध गरिएको विमानस्थल स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउने समय पारेर राजावादीले स्वागतको तयारी गरेपछि भीड बढ्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १२:५७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    