Banner Nepal
समाजवादी मोर्चाको आज बृहत अन्तरक्रिया

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मध्यान्ह १२ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।


‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया हुन लागेको हो ।

गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकोमा एक दिन अघि नै उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ । 


समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । २०८० साल असार ४ गते समाजवादी मोर्चा गठन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update