गगन थापाको राजीनामा अस्वीकृतपछि नयाँ बैठक
काठमाण्डौ — नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको जनाइएको छ।
यसअघि आइतबार सम्पन्न तीनदिने केन्द्रीय समिति बैठकले गगन थापाको राजीनामा अस्वीकार गर्दै ६ बुँदे निर्णय गरेको थियो। त्यसपछि पार्टीभित्र थप रणनीतिक छलफलका लागि पुनः बैठक बोलाइएको हो।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ १७:१६
प्रतिक्रिया दिनुहोस्


