मनाङमा एमाले–राप्रपाका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दर्ता गराएका हुन्।
स्रोतका अनुसार एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सहयोग गर्ने उद्देश्यसहित उम्मेदवारी फिर्ता लिएको हो। यस निर्णयसँगै मनाङको निर्वाचनमा दलगत रणनीति र प्रतिस्पर्धात्मक समीकरणमा परिवर्तन आएको देखिएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्


