Banner Nepal
विप्लव नेतृत्वको नेकपा (माओवादी)ले संघर्षका कार्यक्रम घोषणा

काठमाण्डौ — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले संघर्षका कार्यक्रम घोषणा गरेको छ। अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा शुक्रबार प्रहरीले छापा मारेको घटनाको विरोधमा पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले चरणबद्ध संघर्ष अघि बढाउने निर्णय गरेको जनाइएको छ। निर्णयअनुसार पुस १२ गते देशव्यापी मसाल जुलुस, पुस १३ गते देशभर कोणसभा, पुस १४ गते विरोध प्रदर्शन तथा पुस १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिनेछ।

पार्टीले उक्त कार्यक्रममार्फत प्रहरी कारबाहीप्रति असहमति जनाउँदै राजनीतिक दबाब सिर्जना गर्ने उद्देश्य लिएको जनाएको छ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update