Banner Nepal
आगामी निर्वाचनबारे प्रधानमन्त्री र शीर्ष नेताबीच आज बालुवाटारमा संवाद
फाइल तस्बिर

प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी हुनुहुनेछ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार छलफल आगामी निर्वाचनको तयारी र व्यवस्थापनमा केन्द्रित रहनेछ। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज बनाउँदै निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने उद्देश्यका साथ सरकारले दलहरूसँग निरन्तर संवाद अघि बढाइरहेको छ।

यसै सन्दर्भमा शुक्रबार सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग उनीहरूकै निवासमा भेटवार्ता गर्नुभएको थियो। भेटमा वर्तमान राजनीतिक गतिरोधको निकासका लागि निर्वाचन नै प्रमुख विकल्प रहेको ठहर गर्दै आवश्यक वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिइएको थियो।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update