Banner Nepal
उच्च अदालतको आदेशपछि स्वपा सभापति रवि लामिछाने थुनामुक्त

उच्च अदालत बुटवलले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको छ। अदालतका अनुसार लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाएपछि थुनामुक्त गर्न सकिनेछ। यसका साथै, अदालतले थप रूपमा एक करोड रुपैयाँ धरौटी राख्नुपर्ने आदेशसमेत दिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update