चुनावका लागि नवगठित नेकपाको दल दर्ता सम्पन्न
काठमाण्डौ — प्रतिनिधि सभा निर्वाचनका तयारी स्वरूप नवगठित नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा औपचारिक दर्ता प्रक्रिया पूरा गरेको छ।
सोमबार नेता राजेन्द्र पाण्डे नेतृत्वको टोली आयोग पुगेपछि फागुन २१ गते तय भएको चुनावका लागि दल दर्ता गरेको हो।
कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत वाम दलहरूको एकताबाट नयाँ नेपाली कम्युनिस्ट पार्टी बनेको थियो। आयोगले आगामी चुनाव प्रयोजनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्


