कांग्रेस महाधिवेशन कार्यतालिका पेस, समय निर्धारणमा दुई पक्ष
काठमाण्डौ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशनका लागि कार्यतालिका पेस गरेका छन्। उनले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन आयोजना गर्ने प्रस्ताव राख्दै चुनावअघि संगठन सुदृढीकरणका लागि समयमै नेतृत्व पुनर्संरचना महत्वपूर्ण हुने तर्क प्रस्तुत गरे।
थापाको प्रस्तावपछि बैठकमा सहमहामन्त्री महेन्द्र यादवले संस्थापन पक्षको तर्फबाट वैकल्पिक कार्यतालिका पेस गर्दै महाधिवेशनलाई वैशाखमा गर्ने सुझाव दिए। यससँगै महाधिवेशनको मितिबारे केन्द्रीय समिति भित्र फरक मत प्रकट भएको देखिन्छ।
बैठकलाई अब दुवै प्रस्तावबारे छलफल गर्दै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्

