डा. भट्टराईको राजीनामा, सोबलाई महाधिवेशन संयोजक

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा सोब चयन भएका छन् । काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष बाबुराम भट्टराईको पदत्याग स्वीकार गर्दै सोबलाई संयोजक नियुक्त गरेको हो ।
यसअघि सोब वरिष्ठ उपाध्यक्ष थिए भने महासचिव सोनाम सिंस्याङ्तानलाई महाधिवेशन आयोजक समितिको सदस्य–सचिव बनाइएको छ । पार्टीको विशेष महाधिवेशन फागुनमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ ०९:२५
प्रतिक्रिया दिनुहोस्