Banner Nepal
उदयपुरका कम्युनिष्ट नेता बैकुण्ठनाथ दाहालको निधन

काठमाडौं। नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बैकुण्ठनाथ दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ।

विगत केही वर्षदेखि विभिन्न रोगले ग्रसित दाहालको ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

ओखलढुंगाको बरुणेश्वर–२ राम्पुरमा २०१३ साल चैत २९ गते जन्मिएका दाहाल हाल उदयपुरको त्रियुगा नगरपालिका–३ बोक्सेमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। उहाँका श्रीमती, दुई छोरा र चार छोरी छन्।

२०२९ सालमा नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध हुँदै दाहालले जीवनभर पार्टी र कम्युनिष्ट आन्दोलनमा समर्पण व्यक्त गरे। संयुक्त जनमोर्चादेखि नेकपा माओवादी हुँदै पछिल्लो समय नेकपा एमालेमा सक्रिय रहेका दाहाल लामो समय पत्रकारिता र सामाजिक सेवामा पनि संलग्न थिए।

उदयपुरमा नेपाल बार एसोसिएशनको पूर्वअध्यक्षसमेत रहेका दाहालको निधनले वाम आन्दोलनले एक समर्पित नेता गुमाएको छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update