निजामती सेवा विधेयकको त्रुटिबारे अध्ययन गर्न विशेष समिति बैठक सुरु

काठमाडौं।संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको त्रुटिबारे अध्ययन गर्न गठन गरिएको विशेष समितिको बैठक सुरु भएको छ।
बुधबार सिंहदरबारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको सभाहलमा जीवन परियारको अध्यक्षतामा समिति बैठक बसिरहेको छ।
प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको अनियमितता अध्ययन गर्न सभामुख देवराज घिमिरेले ७ सदस्यीय विशेष समिति गठन गरेका थिए। छानबिनका लागि उक्त समितिलाई २१ दिनको समय दिइएको छ।
समितिमा सांसद सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य रहेका छन्।
प्रकाशित मिति: बुधबार, असार २५, २०८२ १८:३२
प्रतिक्रिया दिनुहोस्