Banner Nepal
नागरिक उन्मुक्तिले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गर्दै

 

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उन्मुक्तिले संघ सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताएको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि आक्रोशित भएको नागरिक उन्मुक्तिले संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीलाई फिर्ता बोलाउने तयारी गरेको बताएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूसँग छलफल नगरी मन्त्री चौधरीलाई मुख्यमन्त्रीले हटाएपछि संघीय सरकारमा बस्नुको औचित्य नरहेको बताउनुभयो ।

संघ सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा आज संसदीय दल बैठक बसेर निर्णय गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्री वा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update