Banner Nepal
जनमत पार्टी कोशी प्रदेश कमिटीद्वारा उपाध्यक्ष मनोनयनमा नेतृत्वप्रति प्रशंसा

 काठमाडौं । जनमत पार्टीको स्थायी समितिले डा. जयकान्त राउत र दानबहादुर चौधरीलाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेको निर्णयको पार्टीभित्र सर्वत्र प्रशंसा भएको छ ।

राउत र चौधरीको आगमनले संगठन थप सबल र सुदृढ हुने भन्दै पार्टी कमिटीले नेतृत्वको प्रशंसा गरेका हुन् । कोशी प्रदेश कमिटीका अध्यक्ष बुद्धिराज न्यौपानेले आज विज्ञप्ती जारी गर्दै दुई नेताको आगमनले पार्टीको मिसन ८४ को अभियान सफल बनाउन सहज हुने उल्लेख गरेका छन् ।

न्यौपानेले अध्यक्ष डा सिके राउतको निर्णयबाट निर्णयबाट सम्पूर्ण वीर योद्धा स्वराजी नेताकार्यकर्तामा नयाँ उत्साह, उमंग र उर्जा थपिएको बताएका छन् । मनोनित दुवै उपाध्यक्ष राजनीतिक अनुभवी भएकाले जनमतका लागि आगामी दिन थप सहजहुने अध्यक्ष न्यौपानेको विज्ञप्तीमा उल्लेख छ ।

यसअघि मधेस प्रदेश कमिटीले पनि विज्ञप्ती मार्फत मनोनयनको स्वागत गर्दै नेतृत्वलाई धन्यवाद ज्ञापन गरेको थियो ।

कोशी-प्रदेश-समन्वय-समिति-विराटनगर-1751689097.jpg

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update