Banner Nepal
टर्कीमा ग्लोवल ट्रान्सपोर्ट कनेक्टीभिटी फोरम  सुरु, मन्त्री दाहालले सुनाए नेपालका रणनीतिक अवसर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भूपरिवेष्ठित मुलुकका लागि क्षेत्रिय विकासका लागि रणनीतिक अवसरका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।

टर्कीको इस्तानबुलमा हिजोदेखि सुरु ग्लोवल ट्रान्सपोर्ट कनेक्टीभिटी फोरममा मन्त्री दाहालले यातायातका क्षेत्रमा नेपालका अवसर र चुनौतीका विषयमा कार्यपत्र पेश गर्नु भएको हो ।

सम्मेलनमा विभिन्न ७० देशका यातायात मन्त्रीहरुसहित १ सय २५ देशका यातायात क्षेत्रका अन्तर्राष्ट्रिय संघ संगठनका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

सम्मेलनको त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उद्घाटन गर्नु भएको थियो । सम्मेलनका विभिन्न सत्रमा विभिन्न २५ वटा समूहगत छलफल हुने छ । सम्मेलन भोलिसम्म चल्नेछ ।
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update