Banner Nepal
जनमत पार्टीको कोशी प्रदेश अध्यक्षमा न्यौपाने निर्वाचित

काठमाडौं । जनमत पार्टीले कोशी प्रदेश कमिटीको अध्यक्षमा बुद्धिराज न्यौपानेलाई निर्वाचित गरेको छ ।

मोरंगको टंकिसिनुवारीमा दुई दिनसम्म चलेको कार्यकर्ता भेलाले न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । न्यौपाने पार्टीको केन्द्रीय प्रशासन विभाग प्रमुखसमेत हुन् ।

न्यौपाने अन्तरपार्टी समन्वयको भूमिकामा सक्रिय रहदै आएका छन् ।  न्यौपानेलाई कोशी प्रदेशको जिम्मा दिएर पार्टी विस्तारलाई महत्व दिएको जनमतले जनाएको छ ।

यसअघि नेपाली कांग्रेसको राजनीति गरेका न्यौपाने पूर्वी जिल्लामा लोकप्रिय मानिन्छन् ।

डा. सिके राउत नेतृत्वको जनमतले मोरंगमा शुक्रबार र शनिवार कार्यकर्ता प्रशिक्षणसहित पार्टी प्रवेशको कार्यक्रम राखेको थियो । सो अवसरमा माओवादी केन्द्र लोसपाका केन्द्रीय नेतासहित सयौं कायकर्तालाई जनमतले पार्टी प्रवेश गराएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update