महामन्त्रीको कुर्सी विवादित
निर्वाचन आयोगले मुकुललार्ई महामन्त्री भएको पत्र दिएको भोलिपल्टै रास्वपाले कार्यबाहक महामन्त्री बुर्लाकोटीलाई महामन्त्री बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ । कार्यवाहक महामन्त्री रहेका वुर्लाकोटीलाई महामन्त्री बनाइएको हो ।
बिहान बसेको केन्द्रीय समिति बैठकले मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकपछि सन्तोष परियारले यसअघि कार्यवाहक रहेका दुवैजनालाई पूर्ण जिम्मेवारी दिने निर्णय भएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्टै रास्वपाले कार्यबाहक महामन्त्रीलाई महामन्त्री बनाएको हो ।
प्रकाशित मिति: शनिबार, असार ७, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्