
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सोमबार पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी जारी राखेका छन्। बैठक सुरु भएपछि सांसद चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरिन्। सन् २०६४ यता देखिएको गम्भीर विसङ्गतिलाई लिएर उनले उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गरिन्।
यस्तै, रास्वपाका सांसदहरूले निलो रिबन बाँधी संसद् प्रवेश गरेपछि अर्को विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो पहिरन संसदीय मर्यादाविपरीत भएको भन्दै सभामुख देवराज घिमिरेलाई कारबाहीको माग गरे।
‘मर्यादित पोशाकबिना संसद्मा प्रवेश गर्नु अस्वीकार्य हो,’ भन्दै उनले चेतावनी र बैठकबाट निष्कासन गर्न सकिने नियमावलीको व्याख्या गरे। उनले यस्तो व्यवहार संसद्को शिष्टाचारविरुद्ध भएको बताए।
नाराबाजी र पोशाक सम्बन्धी विवादले बैठक अवरुद्ध भएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।