Banner Nepal
विश्वकै सर्वोच्च शिखर सगरमाथाबाट अनर फाइभ जी माेवाइल सार्वजनिक , प्रिबुक गर्नेलाई विशेष अफर

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी HONOR ले नयाँ स्मार्टफोन HONOR 400 5G Series लाई सगरमाथाबाट सार्वजनिक गरेकाे छ ।  अनर कम्पनीले  संसारमै पहिलोपटक  सर्वोच्च शिखर सगरमाथाबाट स्मार्टफोन सार्वजनिक गरेकाे हाे ।   

HONOR 400 5G Series ले कुनै पनि उचाइमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता राख्रने कम्पनीले दाबी गरेकाे छ ।  याे फाेनमा शक्तिशाली AI फिचरहरू, उच्च गुणस्तरीय क्यामेरा, र आकर्षक डिजाइन को संयोजन छ, जसले प्रयोगकर्तालाई नयाँ अनुभव दिन्छ। यसको मुख्य विशेषताहरूमा २००MP को अल्ट्रा-क्लियर AI क्यामेरा, AI Image to Video, AI Super Zoom, AI Portrait Snap, AI Remove Reflection, AI Eraser, AI Outpainting, र AI Upscale जस्ता उन्नत AI एडिटिङ फिचरहरू समावेश गरिएका छन्। साथै, यसमा शक्तिशाली Snapdragon 8 Gen 3 प्रोसेसर, 6000mAh ब्याट्री, 100W फास्ट चार्जिङ सपोर्ट, र IP68/IP69 स्तरको पानी प्रतिरोध क्षमता पनि रहेको छ।

AI सशक्त फोटोग्राफी, फ्ल्यागशिप स्तरको प्रदर्शन, र इनोभेटिभ डिजाइनका साथ HONOR 400 5G Series ले स्मार्टफोन प्रविधिको विस्तारित क्षमतालाइ  फराकिलो बनाएको छ। विश्वको सर्वोच्च शिखरबाट याे फाेन  सार्वजनिक गरेर कम्पनीले  माेवाइल फाेनकाे प्रविधीलाइ विश्व सामु परिचित गराउन सफल भएकाे छ ।  

यस स्मार्टफोनको नेपाली बजारमा उपलब्धताका लागि Celltron Nepal का  कार्यकारी प्रमुख  राहुल राठीले काठमाडौंको हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आजैदेखि याे फाेनकाे  प्रि-बुकिङ खुल्ला गरिएको जानकारी दिए । प्रि-बुक गर्ने ग्राहकलाई निःशुल्क विशेष अफरहरू प्रदान गरिने राठीले बताए ।  पहिलो बिक्री २०८२ असार २ गते (१६ जुन २०२५) बाट सुरु हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update