Banner Nepal
नेपाल एकीकृत होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनको अध्यक्षमा दिनेश घिमिरे

काठमाडौं। नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश घिमिरेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।

 घिमिरेसहित सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएका हुन् ।

अधिवेशनले  उपाध्यक्षमा हेम बहादुर पण्डित, महासचिवमा दीपेन्द्र खत्री, सचिवमा हिक्मत बहादुर रावल, सचिवमा बलराम न्यौपाने, सचिवमै विशन सिँ धामी,सचिवमै प्रज्ञा महतलाई चयन गरेको हो ।  

त्यसैगरी सदस्यहरुमा दुर्गा उप्रेती, बिरेन्द्र क्षेत्री, खगेन्द्र सिँ धामी कबिता थापा, किरण अर्याल,माधब रुपाखेति, राजेश्वरी कुवँर, सुजन थिङ, सपना राना मगर, उत्तर मान घिसिङ पनि सर्वसम्मत चयन भएका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update