Banner Nepal
गृहमन्त्री लेखकले भिजिट भिसाका विषयमा समितिमा जवाफ दिन चाहेनन्, संसदमै जवाफ दिने जिकिर 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ । आजकोे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए ।

गृहमन्त्री लेखकले समितिमा जवाफ दिदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गरेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन गरिहेको छ । सो प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको अरोप लगाउँदै विपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update