Banner Nepal
रास्वपाको सचिवालय र दलको बैठक बस्दै, गृहमन्त्री लेखकको राजीनामा नै मुख्य एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ । पछिल्लो विकसित राजनीति घटनाक्रमको समीक्षा र आगामी रणनीतिमा छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री संलग्नता, पार्टीका गतिविधिलगायत विषयमा छलफल हुनेछ ।

भिजिट भिसाको प्रकरणमा सचिवालयका कर्मचारीको नाम जोडिएपछि गृहमन्त्री रमेश लेखकमाथि विपक्षी दलहरुले राजीनामाको दबाब बढाएका छन् ।

सरकारले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै बचाउमा उत्रेपनि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामाको माग गरेका छन् ।

सरकारले गृहमन्त्रीलाई जोगाउन खाजेको भन्दै रास्वापाले कार्यपालिकामाथि नै प्रश्न समेत उठाएको छ । गहृमन्त्री लेखकले राजीनामा दिएपछि त्यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने रास्वपाको माग छ ।

प्रमुख सचेतक परियारले सरकारले गृहमन्त्रीलाई जोगाउन खोज्नुको कारण आफूहरुले बुझ्न नसकेको बताए । दिउँसो एक बजेको सचिवालय बैठकपछि ३ बजे दलको बैठक बस्नेछ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update