Banner Nepal
गंगानारायण श्रेष्ठसँगै नेसपा छोडेर माओवादी आएकालाई केन्द्रीय सदस्यको जिम्मेवारी 

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता गरेर आएको गंगानारायण श्रेष्ठको समूहलाई जिम्मेवारी दिएको छ । श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०का नेताहरूलाई माओवादीले आज जिम्मेवारी दिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेसपाबाट आएका १५ नेताहरूलाई केन्द्रीय सदस्य बनाएको हो । बैठकले अन्य २० जनालाई भने वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो ।

गत जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह माओवादीमा मिसिएको थियो । श्रेष्ठले भने यसअघि नै सचिवको जिम्मेवारी पाइसकेका छन् । उनी नेसपाका सह–अध्यक्ष थिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update