
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानिय सरकार संचालन संयन्त्रलाई सक्रिय बनाउन आग्रह गरेका छन् ।
कांग्रेसको केन्द्रीय स्थानिय तह समन्वय विभागद्वरा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय सरकार बलियो नभई देश विकास असम्भव रहेको बताएका हुन् ।
विभागले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेपाली कांग्रेसको शिर्ष नेतृत्व र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा महामन्त्री थापाले मिसन रोजगारी, अनिवार्य रुपमा अगाडी बढाउन र सो को कार्यपुस्तिका र आवश्यक परेमा विशेषज्ञ जनशक्ति समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
महामन्त्री थापाले सामुदायिक विद्यालयको सुधारको विषयमा Knowledge Economy २१ औं शताब्दिको आवश्यकता भएको उल्लेख गरे । उनले प्लयधभिमनभ भन्नासाथ शिक्षा र Education and Skill बुझाउने भन्दै शिक्षा र शिप सगसगै लैजान गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिएको विभागका सदस्य बाबुकृष्ण सापकोटाले बताए ।