Banner Nepal
होल्डिङ सेन्टरमा आश्रित रसुवाका विस्थापित परिवार सहयोगको पर्खाइमा

काठमाडौं । लायन्स क्लब अफ नमोबुद्ध काठमाडौंका अध्यक्ष विश्व केसीले रसुवा बाढी पीडितका नागरिककालागि सहयोगको याचना गरेका छन् । केसीले एक होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गरिरहेका रसुवाका करिब २५ देखि ३० घरपरिवारका बाढी तथा पहिरोपीडित नागरिकलाई सहयोग गर्न सबैमा अपिल गरेका हुन् ।

सरकारी तथा अन्य कुनै पनि निकायबाट उचित हेरचाह वा राहत नपाएको भन्दै उनीहरूले दुःखेसो व्यक्त गरेका छन्। त्यसमाथि पनि, स्थानीय बासिन्दाहरूले उनीहरूलाई सो स्थान छाडेर जान दबाब दिइरहेको कारण उनीहरूको अवस्था झन् जोखिमपूर्ण र अन्योलग्रस्त बनेको छ।

स्थानीयस्तरबाट उचित सहयोग नपाएको र अन्यत्र जाने ठाउँसमेत नभएकाले ती प्रभावित नागरिकहरू, जसमा साना बालबालिका तथा वृद्धवृद्धाहरू पनि रहेका छन् । 

उनीहरु अहिले संकटपूर्ण अवस्थामा सहयोगको पर्खाइमा छन्। पीडितहरूलाई आवश्यक राहत तथा स्थायी व्यवस्थापनका लागि सरोकारवाला निकाय तथा सर्वसाधारणसँग सहयोगको अपील गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update