अत्याधिक गर्मी
देश भर गर्मी बढ्यो, तराईमा दुई दिनसम्म तातो हावा चल्ने

काठमाडौं । देशभरको तापक्रम बढ्दो क्रममा छ । विशेषगरी तराईका क्षेत्रमा केही दिन अत्याधिक गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार तराईका क्षेत्रमा आगामी दुई दिन तातो हावा चल्ने सम्भावना छ । विभागले गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।
आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना छ ।
केही दिनदेखि ती क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन भएको छ ।
मधेस प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानको तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १२:१५
प्रतिक्रिया दिनुहोस्