Banner Nepal
निर्वाचन परिणामले समाजमा ‘नकारात्मकता’ बढाएको ओलीको टिप्पणी

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा राजनीतिक, सांस्कृतिक र सामाजिक स्तरमा गम्भीर विचलन ल्याउन सक्ने बताएका छन्। उनले वर्तमान परिस्थितिले समाजलाई नकारात्मक दिशातर्फ अघि बढाएको टिप्पणी गरेका हुन्।

स्वर्गीय बुबा मोहनप्रसाद ओलीको काजक्रिया गरिरहेका बेला गुण्डुस्थित निवासमा पुगेको प्रेस चौतारी नेपालको टोलीसँगको भेटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

ओलीले पछिल्लो समय मानिसहरू आफ्नै सोचभन्दा सामाजिक सञ्जाल र मोबाइलको प्रभावमा बढी चल्न थालेको उल्लेख गरे। उनले सामाजिक सञ्जालमा गतिविधि प्रदर्शन गर्न हतार गर्ने प्रवृत्तिले सोच्ने क्षमतालाई कमजोर बनाइरहेको टिप्पणी गरे।

उनका अनुसार अहिले मानिसहरू वास्तविक सोचभन्दा बाह्य प्रभावमा बढी केन्द्रित हुन थालेका छन्, जसले समाजको समग्र दिशामा असर पारिरहेको छ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update