कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्दै
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनपछिको राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।
पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको जनाइएको छ। बैठकले निर्वाचन परिणामको समीक्षा गर्दै आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १६:२९
प्रतिक्रिया दिनुहोस्

