Banner Nepal
हरेक नागरिकको सपना साकार पार्ने कांग्रेसको भिजन

काठमाडौँ । गगनकुमार थापाले प्रत्येक नेपालीलाई सम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्नु नै अबको मुख्य लक्ष्य भएको बताएका छन्। मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरे।

उनले हरेक नेपालीले देखेको सपना आफ्नै जीवनकालमा साकार पार्न सक्ने अवस्था सिर्जना गरिने उल्लेख गरे। किसानलाई आत्मनिर्भर बनाउँदै उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने वातावरण तयार गरिने उनको भनाइ थियो।

विद्यार्थीलाई पढाउन ऋण लिनु नपर्ने र उपचारका क्रममा आर्थिक भय नहुने व्यवस्था सुनिश्चित गरिने उनले बताए। समाजमा आधारभूत आवश्यकताबाट कोही पनि वञ्चित नहुने गरी नीतिगत सुधार गरिने उनको प्रतिवद्धता छ।

मौलिक पहिचानमा गर्व गर्ने र आधुनिक विकासतर्फ अघि बढ्ने राष्ट्र निर्माण गर्ने संकल्प दोहोर्‍याउँदै उनले विश्व समुदायले स्वाभिमानी देशका रूपमा चिन्ने नेपाल बनाउने लक्ष्य प्रस्तुत गरे।

नागरिकले हैरानी र असुरक्षाको अनुभूति नगर्ने वातावरण सिर्जना गर्नु नै आफ्नो राजनीतिक प्रतिबद्धता भएको उल्लेख गर्दै उनले यसलाई पार्टीको साझा संकल्पका रूपमा व्याख्या गरे।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update