Banner Nepal
पंगेनीलाई  ‘युवा व्यवसाय नेतृत्व पुरस्कार’

काठमाडौं। ब्लूचिप सेक्युरिटिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनीलाई  'युवा व्यवसाय नेतृत्व पुरस्कार’ (Youth Business Leadership Award) प्रदान गरिएको छ।

प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमद्वारा आयोजित कार्यक्रम अन्तर्गत राजधानीमा भएको विशेष समारोहमा पंगेनीलाई यस प्रतिष्ठित पुरस्कारद्वारा सम्मान गरिएको हो। पुरस्कारको प्रमाणपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले हस्तान्तरण गरेका थिए।

पंगेनीले व्यवसायिक क्षेत्रमा देखाएको दुरदृष्टि, नेतृत्व क्षमता र युवा पुस्तालाई उद्यमशीलतामा प्रोत्साहन दिने योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।
पुरस्कार ग्रहण गर्दै पंगेनीले आफूले पाएको मान्यता सम्पूर्ण टिम र व्यवसायिक क्षेत्रमा निरन्तर साथ दिने सबैप्रति समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भविष्यमा अझ पारदर्शी, दिगो र नवीनतम व्यवसायिक अभ्यासमार्फत देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने अठोट पनि दोहोर्याए।यस सम्मानले युवा पुस्तालाई व्यवसायिक क्षेत्रमा अघि बढ्न थप प्रेरणा दिने विश्वास लिइएको छ। पंगेनी सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएका युवा व्यवसायी हुन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update