
काठमाण्डौ । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा नेपाल–कम्बोडिया सम्बन्धलाई अझ सुदृढ बनाउने, व्यापार तथा लगानीका अवसर विस्तार गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, दुवै मुलुकबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई प्रोत्साहन दिने विषयमा पनि सहमति व्यक्त गरिएको थियो ।
भेटमा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।