Banner Nepal
साताको पहिलो दिन नेप्से ३१ अंकले घट्यो

काठमाण्डौ, भदौ १५ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंकले घटेर १.१२ प्रतिशतले तल झरेको छ । सेन्सिटिभ र फ्लोट सूचकसमेत ओरालो लागेका छन् ।

कारोबार सुरु भएदेखि नै रातो अंकमा रहेको बजार अन्तिमसम्म यथावत् रह्यो । अघिल्लो दिन बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएपनि आइतबार ६ अर्ब ६ करोडमै सीमित रह्यो ।

२१ कम्पनीको मूल्य बढ्दा २२८ कम्पनीको घट्यो र एकको स्थिर रह्यो । समूहगत सूचकमा विकास बैंक समूह सबैभन्दा बढी १.५९ प्रतिशतले घट्यो । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ र व्यापार समूह ०.३८ प्रतिशतले घटे ।

उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशतले बढ्यो । आशा लघुवित्त ४.१६, समता लघुवित्त २.६४ र मिड सोलु १.८७ प्रतिशतले बढेका छन् ।

त्यस्तै, नेपाल रिपब्लिक मिडियाको मूल्य ७.४५ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावटमा पर्‍यो । छ्याङ्दी हाइड्रोपावर ७.०७ र पिपुल्स पावर ५.४१ प्रतिशतले घटे ।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर परे ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update