Banner Nepal
जाजरकोट–डोल्पा सडकखण्ड पहिरोले अवरुद्ध

काठमाण्डौ । जाजरकोट–डोल्पा सडकखण्डको भेरी नगरपालिका–१ कालेगाउँस्थित भाग पहिरोका कारण अवरुद्ध भएको छ ।

सडक अबरुद्ध हुँदा छोटो तथा लामो दुरीका यात्रुहरू आवागमनमा समस्यामा परेका छन् । भेरी करिडोरका इन्जिनियर नवराज शर्माका अनुसार सडकमा खसेको पहिरो पन्छाउने काम सुरु भए पनि पूर्णरूपमा सडक खुल्न समय लाग्नेछ ।

सडक अवरोधले क्षेत्रका स्थानीयदेखि आवागमन गर्ने यात्रुहरू सबैलाई असुविधा भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update