सर्लाहीमा विद्यालय बस दुर्घटना : पाँच विद्यार्थी सहित चालक घाइते
                        
                        
                                                
                                             
                                                                    काठमाण्डौ – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा सोमबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी र चालक घाइते भएका छन्।
ईश्वरपुर नगरपालिका–स्थित बयलवासको माउन्ट कञ्चनजङ्घा बोर्डिङ स्कुलको (ना.५ ख.७३७३) बस विद्यार्थीलाई विद्यालय लैजाँदै गर्दा अनियन्त्रित भई धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।
दुर्घटनामा चालक ३२ वर्षीय रामकरण महतोसहित विद्यार्थी सृष्टी साह (७), सोनुकुमार महतो (१०), सनीकुमार महतो (७), सोनमकुमारी महतो (९) र उषा महतो (१३) घाइते भएका छन्।
सामान्य घाइते भएकाहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल पुर्याइएको र उनीहरूको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १५:५२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    