प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
                        
                        
                                                
                                             
                                                                    काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशसहित नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका मिस्रीले नेपाल प्रवेशलगत्तै पहिलो भेट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओलीसँग गरेका हुन्।
भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा नेपालस्थित भारतीय राजदूत पनि सहभागी थिए। मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम छ भने सोमबार स्वदेश फर्किनुअघि विभिन्न दलका नेतासँग छलफल गर्ने तयारी छ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १३:५८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    
 
                     
                     
                     
                     
                     
                    