काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निवासमा आयोजित सो भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्तामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतका शीर्ष नेताहरू सहभागी थिए।
यस बैठकले पछिल्लो राजनीतिक परिस्थिति, संसद्को गतिशीलता, संवैधानिक अंगहरूमा नियुक्ति र राष्ट्रिय सरोकारका विषयमा साझा समझदारी निर्माण गर्ने प्रयासको रूपमा लिइएको छ। यद्यपि बैठकको औपचारिक विवरण सार्वजनिक गरिएको छैन।