Banner Nepal
राप्रपामा कारबाही विवाद, आयोगको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेताहरूलाई अवैधानिक रूपमा कारबाही गरेको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण माग्दै पार्टीलाई पत्र पठाएको छ।

अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीसहित पाँच जना नेतालाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारीबाट हटाएपछि उनीहरू आयोगमा उजुरी लिएर पुगेका थिए। उजुरीपछि आयोगले त्यसको छानबिनका लागि राप्रपालाई पत्राचार गरेको हो।

अध्यक्ष लिङ्देनले सुवेदीसहित सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई र महामन्त्री डा. धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएका थिए। हटाइएका नेताहरूले पार्टी निर्णयलाई गैरकानुनी भन्दै असहमति जनाएका छन्।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update