Banner Nepal
पूर्वराष्ट्रपतिलाई फर्काउने खेल संविधानविपरीत : एमाले नेता

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले पार्टीभित्र उमेर हदको विषयलाई गौण मुद्दा ठहर गर्दै, त्यसलाई लिएर अनावश्यक विवाद सिर्जना नगर्न आग्रह गरेका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले डोनाल्ड ट्रम्प (७९), सी जिनपिङ (७२) र नरेन्द्र मोदी (७४) जस्ता नेताहरू अझै सक्रिय राजनीतिमा छन् भन्ने उदाहरण दिँदै उमेरले नेतृत्व क्षमतामा प्रभाव नपार्ने तर्क प्रस्तुत गरे।

साथै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुन: संलग्न हुने चर्चा अस्वीकार्य भएको बताए। उनका अनुसार संविधानको मर्मअनुसार पूर्वराष्ट्रपति तटस्थ भूमिका निर्वाह गर्ने पात्र हुन्, र पार्टी राजनीतिमा फर्किनु अनुचित ठहरिन्छ।

मानन्धरले पार्टीभित्र पारदर्शिता, जीवनशैली र जनतासँगको सम्बन्धमा गिरावट आएकोप्रति पनि गहिरो चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update