Banner Nepal
पूर्वराष्ट्रपति भण्डारी सक्रिय, बाम लोकतान्त्रिक मोर्चाको संकेत

काठमाडौं ।पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारीले पछिल्ला दिनमा राजनीतिक सक्रियता बढाउँदै विभिन्न दलका नेताहरूसँग भेटघाट गर्न थालेकी छन्। भर्खरै उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग बुढानिलकण्ठमा भेट गरी झन्डै एक घण्टा गोप्य छलफल गरेकी हुन्।

भ्रष्टाचार, सुशासन र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कोइरालाले भ्रष्टाचारविरोधी अभियानमा भण्डारीलाई साथ दिन आग्रह गरेका थिए। भण्डारीले पनि आफ्नो सक्रिय राजनीतिमा नैतिक समर्थनको अपेक्षा गर्दै सहकार्यको संकेत दिएकी थिइन्। कोइरालाको सचिवालयले भण्डारीले साथ दिने प्रतिबद्धता व्यक्त गरेको दाबी गरेको छ।

यसअघि भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टै भेट गरेकी थिइन्। प्रमुख दलका नेताहरूसँगको यी लगातार भेटघाटलाई बाम लोकतान्त्रिक मोर्चा गठनको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update