समर्थन खिचियो, खेल बदलियो
जसपाको समर्थन फिर्ता, सत्ता समीकरणमा नयाँ मोड

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
यसअघि कार्यकारिणी समितिले नै समर्थन फिर्ता गर्ने प्रस्ताव पारित गरिसकेको थियो, तर त्यसपछि जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
ती भेटवार्तामा भूमि सम्बन्धी विधेयक, सत्ता साझेदारी लगायतका विषयमा चर्चा भए पनि, जसपाले विधेयकका विषयमा आफ्नो अडान यथावत् राख्ने स्पष्ट पारेको थियो । ओली र देउवाले भने सम्वादबाट मतभेद समाधान गर्न सकिने धारणा राखेका थिए ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ १७:०७
प्रतिक्रिया दिनुहोस्