
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस ‘डिल’ को अडिओ प्रकरणमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी गर्नु भएको छ ।
यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रि गुप्तालाई बोलाएर राजीनामा गर्न लगाउने तयारी गर्नु भएको हो ।
गुप्ताले राजीनामा गर्न अटेर गरे प्रधानमन्त्रीले बर्खास्त गर्नेसम्मको तयारी गरिएको बालुवाटार स्रोतको दाबी छ । छानबिनकालागि सहज बनाउन मन्त्रि गुप्तालाई हटाउन लागिएको हो ।
अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । मन्त्री गुप्तालाई पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत निकायलाई पत्राचार गरिने भएको छ ।
केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।