Banner Nepal
त्रिशुली नदी किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला, बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका

काठमाडौँ।चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशुली नदी किनारमा करिब ५० वर्ष उमेरको एक पुरुषको शव फेला परेको छ। शवको केही अंगहरु नभएको अवस्था रहेको र अहिले सम्म पहिचान खुलेको छैन।

सशस्त्र प्रहरी बल नेपाल भालढुङ्गस्थित अस्थायी सुरक्षा वेस र नेपाल प्रहरीको टोलीले घटनास्थलबाट शव संकलन गरी भरतपुर अस्पतालमा ल्याइएको हो।


सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त शव असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये एकको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update