चीनसँग आग्रह
मितेरी पुल पुनः सञ्चालन गर्न चीनसँग आग्रह गर्ने निर्णय

काठमाडौं। विपद् कार्यकारी परिषद्ले रसुवागढीस्थित मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग औपचारिक आग्रह गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको परिषद्को बैठकले यो निर्णय गर्दै पुल सञ्चालनमा चाँडो पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो।
बुधबार आयोजित पत्रकार सम्मेलनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बैठकका निर्णयबारे जानकारी दिए।
उनका अनुसार मितेरी पुल नेपाल–चीनबीचको रणनीतिक तथा आर्थिक हिसाबले महत्त्वपूर्ण नाका भएकाले त्यसलाई यथाशक्य चाँडो पुनः सञ्चालन गर्न आवश्यक देखिएको छ।
“पुल बनाउँदा पनि चीनकै सहयोगमा निर्माण भएको हो,” भट्टले भने, “त्यसैले अहिले पुनः सञ्चालनका लागि चीनसँग सहकार्यको प्रस्ताव गर्ने निर्णय गरिएको छ।”
प्रकाशित मिति: बुधबार, असार २५, २०८२ १८:०७
प्रतिक्रिया दिनुहोस्