Banner Nepal
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको अल्टिमेटम

काठमाडौँ  विधेयक विद्यालय शिक्षा विधेयकमा सहमति कायम गर्न सरकारले अब पाँच दिनभित्र पहल गर्नुपर्ने भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आइतबार सिंहदरबारमा बसेको बैठकमा यस्तो अल्टिमेटम दिएको हो।

समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई तोकिएको समयभित्र सहमति जुटाएर आउन स्पष्ट निर्देशन दिएका छन्। उनले सरकारले समितिलाई "खेलौनाजस्तो" व्यवहार गरेको भन्दै कडा आलोचना पनि गरे।

बैठकमा मन्त्री पन्तले अझ केही समय मागेपछि सभापति थापाले अब यसबारे ढिलाइ सह्य नहुने बताए। उनका अनुसार सरकारले पटक–पटक बैठक बोलाएर स्थगन गर्ने प्रवृत्ति दोहोरिएको छ र अब अन्तिम रूपमा कति दिनमा सहमति ल्याउने हो भन्ने कुरा स्पष्ट गर्नुपर्ने अवस्था आएको हो।

शिक्षामन्त्री पन्तले शिक्षक महासंघसँग संवाद भइरहेकाले असार १६ गतेदेखि समय माग्दै आएका छन्। तर समिति भने विधेयकको निष्कर्षमा पुग्न तत्काल कदम चाल्नुपर्नेमा अडिग छ।

 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update