Banner Nepal
अदालतले पक्राउ पुर्जी जारी गरेपछि जसपा मधेस प्रदेशका अध्यक्ष यादव फरार

काठमाडौं । सर्लाही जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेपछि जनता समाजवादी पार्टी जसपा मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको कसुरमा जिल्ला अदालतले आपराधिक उपद्रोसम्बन्धी मुद्धामा पक्राउ पुर्जी जारी गरेपछि यादव फरार भएका हुन् ।

अदालतले पक्राउ गर्न अनुमति दिएलगत्तै यादवको खोजी गरिरहेको जनाएको छ । पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई पक्राउ गर्न प्रहरीले ठुलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

जिल्ला प्रहरी प्रमुखसँग गालीगलौचमा उत्रिएपछि बिहीबारराति यादवलाई पक्राउ गर्न जाँदा उनका समर्थकले प्रहरीको गाडी तोडफोड र अवरोध गरेकाले प्रहरीले उच्च सुरक्षा सावधानी अपनाएको हो ।

यादव र सर्लाही प्रहरी प्रमुख खड्काबिच टेलिफोनमा चर्काचर्की परेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update