विद्यालय शोकमा बन्द
हेडसरको दुर्घटनामा मृत्यु भएपछि पालिकाभरका विद्यालय बन्द

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी मकवानपुर राक्सिराङ गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ ।
दुर्घटनामा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडास्थित राप्तीरोडको बुद्धचोकमा झा सवार मोटरसाइकल गएराती ११ बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय झाको हेटौंडा अस्पतालमा रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
धनुषाको जनकपुरधाम घर भएका झा लामो समयदेखि राक्सिराङमा पढाउदै आउनु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १२:११
प्रतिक्रिया दिनुहोस्