Banner Nepal
पहिरोसँगै खसेको ढुंगा लागेर सुतिरहेका दिदीबहिनीको मृत्यु

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा पहिरोसहित खसेको ढुङ्गाले लाग्दा दुई दिदीबहिनीको मृत्यु भएको छ ।

कुशे गाउँपालिकाको तर्पेनामा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लागेर सुतिरहेका १६ वर्षिया चन्द्रा बुढा र २० वर्षिया सर्मिलाको मृत्यु भएको हो ।

भूकम्पले घर भत्काएपछि उनीहरु टिनको टहरामा बस्दै आएका थिए । टिनको टहरामा सुतिरहेका बेला गएराति साढे ९ बजेतिर माथिबाट खसेको ठुलो ढुङ्गाले किच्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको हो ।

सोही घटनामा गम्भीर घाइते भएकी सर्मिलाको उपचारका लागि लैजादै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update